News

सुमार्गीबाट ४ अर्ब ३२ करोड असुल्न बाटो खुला 

सुमार्गीबाट ४ अर्ब ३२ करोड असुल्न बाटो खुला 

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग पुँजीगत लाभकर असुली नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश हटाएको छ । 

 

न्यायाधीशहरु सुष्मलता माथेमा र मनोजकुमार शर्माको आइतबारको इजलासले गत जेठ २ गते जारी अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भने अर्काे आदेश गरेको हो । यो आदेशसँगै सरकारलाई नेपाल स्याटेलाइट टेलिकमले कर छली गरेको ४ अर्ब ३२ करोड रुपैयाँ असुली प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । 

 

नेपाल स्याटेलाइट टेलिकमको ७५ प्रतिशत स्वामीत्व साइप्रसस्थिति एयरवेल सर्भिसेज लिमिटेडसँग छ । । उक्त कम्पनीमार्फत टेलिया सोनेरा कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँ एयरवेलसँग सेयर खरिद गरेको थियो । 

कान्तिपुर दैनिकबाट 
 

विशेष