काठमाडौँ–निजगढ दु्र्तमार्ग तोकिएकै समयमा सक्न समितिको निर्देशन 

काठमाडौँ–निजगढ दु्र्तमार्ग तोकिएकै समयमा सक्न समितिको निर्देशन 


काठमाडौँ । संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौँ–निजगढ दु्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले  निर्माण कार्य छिटो सक्न आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको हो ।

 

डीपीआर कै कारण पुल र सुरुङ निर्माण अघि बढन नसकेपछि समितिले त्यसमा गम्भीरता देखाउन निर्देशन दिएको हो । 


बैठकमा समितिका सदस्यहरुले आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । डीपीआर नै नबनेकाले सेनाले दुई वर्ष भित्र आयोजना निर्माण गर्न नसक्ने उनीहरुको भनाई थियो ।

 

निर्माणमा ढिलाई भएपछि आयोजनाको लागत बढन सक्ने पनि अनुमान गरिएको छ । २०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको लागत बढेर पौने २ खरव पुग्ने नेपाली सेनाको अनुमान छ । 

संम्बधित खबर

विशेष