News

सुरुङमार्गलाई विशेष प्राथमिकता : महासेठ

सुरुङमार्गलाई विशेष प्राथमिकता : महासेठ


काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकता दिएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सुरुङ मार्ग अध्ययनका लागि मात्रै यस वर्ष ५९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।


पुर्वाधार निर्माणको आवश्यकतालाई महशुस गरेर पानी जहाजका लागि पनि बजेट विनियोजन गरेको मन्त्री महासेठले बताउनुभयो । मन्त्री महासेठले ९१ प्रतिशत भन्दा बढी पुराना क्रमागत योजनाहरुलाई नै प्राथमिकता दिएकाले बजेटमा नयाँ योजना धेरै नभएको जानकारी दिनुभयो ।
 

विशेष