News Technology

साझा यातायातले २० वटा नयाँ बस थप्दै

साझा यातायातले २० वटा नयाँ बस थप्दै

काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० ‌वटा बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार बसको रुट परमिट लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने अनुमति पाएको उहाँले बताए ।

 

नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्को मार्ग तय भएको उनले बताए । विसं २०१६ मा स्थापित यो संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः सुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् ।

 

यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिक लक्षित बस) र चार वटा उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ । केही महीनापहिले कार्डमार्फत भाडा तिर्ने प्रविधि (इटिकेटिङ) सुरु गरेको साझाले तीन तहका सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालनको योजना बनाएको छ ।  

साझा यातायात काठमाडौँ महानगरपालिका

विशेष