अष्ट्रेलियामा नेपालको जत्तिकै शक्तिशाली भूकम्प
काठमाडौं । अष्ट्रेलियाको उत्तरी समुद्री क्षेत्रमा सोमबार बिहान ७ दशमवल २ रेक्टर स्केलको भूकम्प गएको छ ।
यो भूकम्पको जोडदार धक्का डर्विनमा महशुस गरिएको छ । सहरका अग्ला भवनहरुमा नराम्रोसँग हल्लिएपछि सरकारले सतर्क रहन सूचना जारी गरेको छ । अष्ट्रेलियाको भूकम्पसम्बन्धी काम गर्ने ब्युरोले सुनामी आउने सम्भावना भने नरहेको जनाएको छ ।
भूकम्पको कम्पन धेरै समयसम्म रहिरकेको स्थानीयले बताएका छन् । क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।