एसइईको नतिजा यसै साताभित्र, भोलि बोर्ड बैठक
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिएको छ । पनिकाले बुधबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । नतिजा प्रकाशनकालागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको उहाँले बताउनुभयो ।
ढिलोमा असार पहिलो हप्ताभित्र एसइईको नतिजा सार्वजनिक हुने गरेको भएपनि यसपटक दोस्रो हप्तामा पुगेको हो । यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर एकैसाथ १० चैतदेखि २१ सम्म परीक्षा सन्चालन भएको थियो । प्रदेश–२ मा भने २२ देखि २९ चैत्रसम्म परीक्षा सञ्चालन गरेको थियो ।
यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।
SEE result परीक्षा नियन्त्रण कार्यालय एसइई एसइईको नतिजा