विप्लवको बन्दः सिलिण्डरमा आगो लगाएर विस्फोट

रामेछाप । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्फोट गराएको पाइएको छ ।
घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ । विप्लव समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ रामेछाप विस्फोट