मुख्य समाचार News

विप्लवका कार्यकर्ताद्वारा वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

विप्लवका कार्यकर्ताद्वारा वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अछामको ढकारी गाउँपालिका–५ र पञ्चदेवल विनायक नगरपालिका–३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका परी दुबै वडा कार्यालयमा क्षति भएको छ । आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । 

मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५–६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । उता ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको बताइएको छ । ढकारी प्रहरी चौकिबाट दुई घण्टाको पैदल दुरीमा रहेको वडा नम्बर ५ मा प्रहरी पुगेर घटनाको विवरण संकलन गरिरहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।  

अछाम वडा कार्यालय

विशेष