नेपाली सहित ७ जना मार्नेलाई सात आजीवन काराबासको सजाय
काठमाडौँ । अस्मिता खड्का बिष्ट नाम कि एकजना नेपाली महिलासहित ५ विदेशी र दुई बालबालिकाको हत्यामा दोषी ठहर भएका साइप्रसका एक सैन्य अधिकृतलाई सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ । सैन्य अधिकृत निकोस मेटाक्सास पाँच विदेशी महिला र दुई बालबालिकाको हत्यामा दोषी ठहर भएका हुन् ।
अदालतमा मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए । उनले सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म ति हत्या गरेका थिए । उनले हत्या गरेकामध्ये तीन फिलिपिन्स, एक रोमानिया र एक नेपाली र उनीहरुका दुई जना बच्चा थिए ।