सेतो प्लेटमा जवानले गरे लकिङ, परे गृह मन्त्रालयका सहसचिव

सेतो प्लेटमा जवानले गरे लकिङ, परे गृह मन्त्रालयका सहसचिव


काठमाडौँ । अनधिकृत रुपमा पार्किङ गरेर राखिएको गृह मन्त्रालयको गाडीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले ‘ह्विल लक’ लगाए। सरकारी नम्बर प्लेटको गाडीमा लक गरेपछि गृहका दुई अधिकारी र चालक समेत आएर ट्राफिकलाई धम्क्याएका थिए ।

 

राष्ट्रियसभागृहमा गृह मन्त्रालयको आयोजनामा भएको लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सहभागी भएर अनामनगरमा खाना पुगेका थिए उनीहरु । खान निषेधित क्षेत्रमा पार्किङ गर्न उनैले लगाएका थिए ।

 

हाकिमको आदेश अनुसार चालकले गाडी पार्किङ गरेका थिए । तर नियम उल्लंघनमा जवान टसको मस नभएपछि चालकले लाइसेन्स दिएका थिए । लाइसेन्स पाएपछि प्रहरीले लक खोले । पछि मात्रै गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडी रहेकाे पत्ता लाग्याे । तर गृह मन्त्रालयकै सहसचिवको गाडीमा लकिङ गर्ने जवान कारबाहीमा पर्ने पो हुन् कि प्रश्न उब्जिएको छ । 

संम्बधित खबर

विशेष