विदेश

फुटपाथमा सुतिरहेका मानिसमाथि जीप चढ्यो, ३ बालकको मृत्यु

आक्रोशित भीडले बीच सडकमै ड्राभरलाई कुटेर मारे

फुटपाथमा सुतिरहेका मानिसमाथि जीप चढ्यो, ३ बालकको मृत्यु

बिहारको राजधानी पटनामा मंगलबार राति एक तीव्र गतिको जीप अनियन्त्रित भइ फुटपाथमा सुतिरहेका मानिसमाथि गुड्दा कम्तिमा तीन बालबालिकाको मृत्यु भएको छ भने एक अवस्था गम्भीर रहेको छ।

घटनापछि आक्रोशित स्थानीयले जीप चालकलाई कुटेर हत्या गरेका छन्। जीपमा सवार अर्का एक व्यक्तिको अवस्था चिन्ताजनक छ। उनलाई पिएमसिएचमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरी अधिकारीका अनुसार राति करीब २ बजे अगमकुआं पार्कअगाडि फुटपाथमा सुतिरहेका मानिसहरूमाथि जीप गुडेको हो। त्यसलगत्तै जीप पल्टिएको थियो। घटनापछि त्यहाँ रहेका मानिसहरूले उक्त जीपका चालकलाई समातेर कुटपिट गरेका थिए भने जीपमा तोडफोड गरेर आगजनी गर्नुका साथै यातायात ठप्प पारेका थिए।

सरकारले मृतकका आफन्तलाई चार चार लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ। उक्त घटनामा ९ वर्षीय हलेन्द्र कुमार, ११ वर्षीय राज कुमार र १३ वर्षीय रोहित कुमारको मृत्यु भएको छ भने १५ वर्षीय मनिष कुमारको अस्पतालमा उपचार हुँदैछ।

फुटपाथ

विशेष