राजदूतहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ, मुलुकको विकासमा हातेमालो गर्न आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका राजदूहरुलाई नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी बढाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विभिन्न देशका अवैतनिक राजदूतहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि हातमालो गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२०, नेपालमा विदेशी लगानी बढाउने विषयबारे छलफल गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
भेटमा सहभागी अवैतनिक दुतहरुले सकेको सहयोग गर्ने जनाएका थिए । राजदूत नभएका देशमा अवैतनिक दूतले काम गर्दै आएका छन् । नेपालको १६६ मुुलुकसँग सम्बन्ध भएपनि ३२ देशमा मात्र राजदूत छन् ।