News

दलाई लामाका प्रतिनिधि भन्दै अध्यागमनले फर्कायो अमेरिकी नागरिक

दलाई लामाका प्रतिनिधि भन्दै अध्यागमनले फर्कायो अमेरिकी नागरिक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काएको छ ।

भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए । 

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए । तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ । यो खबर आजको कान्तिपुरबाट लिइएको हो।

दलाई लामा

विशेष