News

बनेपामा युवतीमाथि सिरिन्ज प्रहार

बनेपामा युवतीमाथि सिरिन्ज प्रहार

काभ्रे । बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् । राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका–८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो ।

 

‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’उनले भनिन्, ‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’ उनले थपिन्, ‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

 

‘विहान उठ्दा समेत हात दुख्न छाडेन’ ती युवतीले भनिन्, ‘हात मर्काउँदै एक्ससाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ । तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’ युवतीले भनिन्, ‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले लेखेका छन् । 

काभ्रे सिरिन्ज

विशेष