मोटरसाइकल आपसमा ठोकिँदा २ जनाको मृत्यु

रत्ननगर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा आपसमा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएको छ । साँझ ६ बजे ना ५३ प ५२४७ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नं.को मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो ।
दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
चितवन मोटरसाइकल दुर्घटना