News प्रदेश १

खोटाङ लठ्ठीको जिल्ला : कसरी बन्छ पुलिसको डण्डा ( भिडियाेसहित )

खोटाङ लठ्ठीको जिल्ला : कसरी बन्छ पुलिसको डण्डा ( भिडियाेसहित )


हरि न्यौपाने । 
काठमाडौँ । भोजपुर खुकुरी, पाल्पा ढाका, भक्तपुर दहीले चर्चित बनेजस्तै खोटाङ लठ्ठीले चर्चित छ । लठ्ठी निकै बलियो तर जब यस लठ्ठी शरीरमा बज्रिन्छ त्यसबेला यसको असर थाहा हुन्छ । जो कोही पनि खोटाङ घुम्न गयो भने लठ्ठी ल्याउने गर्छन । 


हालै संघीय राजधानीमा भएको घरेलु औद्योगिक प्रदर्शनीमा खोटाङका प्रशान्त हेण्डिक्राफ्ट उद्योगका प्रशान्त विश्वकर्माले लठ्ठी प्रदर्शनमा राखेका थिए । घुम्ने क्रममा हामीले उनीसँग के कसरी लठ्ठी बनाइन्छ भनेर सोध्यौँ ।

 

उनले भने – ‘घँगारु पहिले काटिन्छ । ततायर ल्याएर बुट्टा हालिन्छ । प्रहरीले बोक्ने लठ्ठी घँगारुबाटै बन्छ । तर त्यसमा पछि कालो लगाइएको हो ।’ उनले बताए ‘ दैनिक दुई लठ्ठी बनाउँछु । तर कहिले १५ दिनसम्म पनि बिक्री हुन्न । ’


‘आफूले जानेको कला बाहिरी बनाउनका लागि मेशिनको कमी छ ।’ १५ वर्षका प्रशान्तले बाँसको जराबाट पनि आकर्षक बुट्टा कुँदेर लाटोकोसेरोको तस्वीर बनाएका छन् । उनै प्रशान्त आज एसइईको रिजल्टको प्रतीक्षामा छन् ।  प्रशान्तले कसरी बनाउथे लठ्ठी हेर्नुहोस भिडियो । 

">

विशेष