वर्षा लागेसँगै पृथ्वी राजमार्गमा सास्तीको क्रम सुरु

धादिङ । केही वर्ष पहिले कृष्णभिरमा पहिरो जाने गर्दा काठमाडौँ भित्रिने सवारी साधन घण्टौँ जाममा पर्थे । कतिपय सवारी साधन त दुई तीन दिनसम्म खुल्दैनथ्यो । नारायणगढ मुग्लिङ सडकखण्डमा त अझै समस्या पटक पटक देखिने गरेकै हो । तर नौबिसे पोखरा अन्तर्गत पृथ्वी राजमार्गमा पनि सडक अवरुद्ध हुँदा १० किलोमिटर सम्म सवारी जाम भयो । सडकमाथि लेदो खसेर जमेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग केहीबेरअघिदेखि खुलेको छ ।
धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी र गजुरी नजिकैको चार किलोमिटर सडकमा लेदो खसेर विहान दुई बजेदेखि साढे नौ बजेसम्म सडक अबरुद्ध भएको थियो ।
सडकमा खसेको लेदो हटाउन ९ वटा डोजरको सहायत लिइएको थियो । प्रहरीले लेदोमा फसेका सवारी साधनहरुलाई पनि निकालेको छ ।