News

मनसुन देशभर सक्रिए, छिनमा घाम लाग्ने छिनमैँ पानी पर्ने

मनसुन देशभर सक्रिए, छिनमा घाम लाग्ने छिनमैँ पानी पर्ने


काठमाडौँ । सामान्यता जुन १० मा नेपालमा मनसुन भित्रिएर सक्रिए हुन्छ । तर यसपटक गत वर्षभन्दा दश दिन ढिलो गरी मनसुन भित्रियो । मनसुन आजदेखि भने देशभर सक्रिय भएको छ ।


देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।


‘यो समयमा वर्षा लगातर नभई छिनमैँ घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ ।’ उहाँले बताउनुभयो । आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

विशेष