News

उपराष्ट्रपतिको कार्यालय अबदेखि ग्रीन हाउस

उपराष्ट्रपतिको कार्यालय अबदेखि ग्रीन हाउस


काठमाडौँ । उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । 


मन्त्रीपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि भवनको मर्मत सुरु गरिएको थियो । 


उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो । तर अबदेखि उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको हो । 

विशेष