असारको चटारो, खेतमा किसानको एक दिन (भिडियोसहित)

असारको चटारो, खेतमा किसानको एक दिन (भिडियोसहित)


हरि न्यौपाने 
भक्तपुर । ‘असारे मास हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ । यो असारे भाकाले भनेजस्तै  यतिबेला मध्य असारले छपक्कै छोपेको छ । खेती किसानीमा संलग्नलाई भ्याइ नभ्याइ छ । अर्थात खाने बस्ने फुर्सदसमेत मुश्किलले निकाल्नुपर्छ । हामी पनि भक्तपुरको ताथाली–९ मा पुग्दा मध्यदिनमा किसानहरु आ–आफ्ना खेतमा व्यस्त देखिए ।

 

सहकर्मी चन्द्रले क्यामेरा निकाले । फोटो भिडियो खिच्न अनुमति मागे । फोटो खिच्न दिएका किसानले भिडियोमा बोल्न अन्कनाए । मैँले सोधेँ –‘किन ?’ एक किसानले भने– ‘हामीलाई बोल्ने फुर्सदै छैन ।’ केहीबेर चुप लाग्यौँ । पछि उनी अरुलाई नेवारीमा के के बोले अनि बोल्न तयार भए । त्यसपछि सुरु भयो किसानका अन्तरंग ।

 

बाजेबराजुका पालादेखि खेती किसानी गरेका यी किसानले खुलेर मनका कुरा गरे । खेतमा धान रोप्न बितेको छ । पानी छैन । नजिकैको सानो खोलाको ढलसहितको पानी खोला छेउमा ठूलो खाल्डो खनेर त्यहाँ जम्मा भएपछि त्यहाँबाट मेशिनले पानी निकालेर रोपाईँ गर्न लागेका यी किसानसँगको कुराकानी जस्ताको तस्तै : 
 

">

संम्बधित खबर

विशेष