भारु २ सय रुपैयाँको नोट नेपालमा नचल्ने

काठमाडौं । सरकारले २ सय रुपैयाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँका नोट प्रचलनमा छैनन् ।
त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
भारतीय नोट मन्त्रिपरिषद् बैठक