News

विषालु च्याउ खाँदा एकै घरका तीन जना सिकिस्त, एकको मृत्यु

विषालु च्याउ खाँदा एकै घरका तीन जना सिकिस्त, एकको मृत्यु


मकवानपुर । मकवानपुरको राक्सिराङ–७ धिराङमा विषालु च्याऊ खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा १२ वर्षकी गुञ्जमाया चेपाङ रहेकी छिन् ।

 

विषालु च्याउ सेवनका कारण मृतक गुञ्जमायाका बुबा दीपबहादुर चेपाङ, दाजु बच्चालाल चेपाङ र भाइ पल्टा चेपाङ विरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि घटना भएको जनाइएको छ । 

विशेष