News

पूर्वीक्षेत्रका नदीमा बाढी आउन सक्ने, सतर्क रहन आग्रह

पूर्वीक्षेत्रका नदीमा बाढी आउन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं : प्रदेश १, २ र ३ का चुरे र तराईबाट बहने केही नदीहरूमा पानी बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

शुक्रबार खासगरी प्रदेश १ को इलाम ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, प्रदेश ३ को काभ्रेपलाञ्चोक, सिन्धुली, गण्डकी, प्रदेशको गोरखा, लमजुङ, कास्की, स्याङजा र प्रदेश पाँचको रुकम जिल्लाका खोलामा बहाब बढ्ने र एकासी बाढी आउन सक्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको हो।

शुक्रबार ठूला नदीहरूमा भने भने बहाव सामान्य घटबढ हुने र सबैमा नदी सतर्कता तहभन्दा तल रहने विभागले जनाएको छ। शनिबार र आइतबार पनि नदी जलाधारमा बाढीको ठूलो जोखिम नरहने महाशाखाको पूर्वानुमान रहेको छ।

 

मौसम

विशेष