News

विप्लव नेकपाका किसान संगठनका जिल्ला संयोजक पक्राउ

विप्लव नेकपाका किसान संगठनका जिल्ला संयोजक पक्राउ

गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गोरखा जिल्ला सदस्य तथा किसान संगठनको जिल्ला संयोजक रोहितप्रसाद पन्त पक्राउ परेका छन् । उनी बुधबार राति शहीद लखन गाउँपालिका–४ को राइनासबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलका अनुसार यही ठाउँमा स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको हो । 

 

पन्तमाथि राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी रावलले जानकारी दिए । 

गोरखा नेत्र विक्रम चन्द ‘विप्लव’

विशेष