सिरिञ्ज आक्रमणकारीले भने, ‘काँटीले घोचेको हो, एचआइभी छैन’

सिरिञ्ज आक्रमणकारीले भने, ‘काँटीले घोचेको हो, एचआइभी छैन’


काठमाडौँ । पछिल्ला केही दिनयता युवतीहरुमाथि श्रृंखलावद्ध रुपमा ‘सिरिन्ज’ आक्रमण भए । युवतीलाई एक्लै भेटन साथ सुई हानेर भाग्ने गरेका रामेछापका सन्तोष कार्की पक्राउ परेका छन् । कार्कीलाई महानगरीय अपराध महाशाखाले गएरात पक्राउ गरेको हो ।


पक्राउ परेका कार्कीले रमाइलोका लागि युवतीमाथि सिरिन्ज आक्रमण गर्ने गरेको प्रतिक्रिया दिएका छन् । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरे । यद्यपि उनले सिरिन्ज नभई ढलान किला र सुइरोले घोच्ने गरेको बताएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 


महाराजगञ्जमा होटेल चलाउने गरेका उनले  राति १० बजे होटल बन्द गरी घर जाने क्रममा बाटोमा एक्लै भेटिएका युवती वा महिलालाई सिरिन्ज हानेर भाग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले सिरिन्जले नभएर काँटीले घोचेको बयान दिएका छन् । उनले एचआइभी जस्तो कुनै घातक रोग सार्ने नियतले आफूले त्यस्तो नगरेको बताएका छन् । 

कार्कीलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पीडित महिलाका आफन्तहरुले कार्कीविरुद्ध आक्रोश पोखेका थिए । 

‘सिरिन्ज’ आक्रमण

संम्बधित खबर

विशेष