News

सरकारले एक अर्ब खर्चिएर नेपालमा 'आइफा अवार्ड' गराउँदै

सरकारले एक अर्ब खर्चिएर नेपालमा 'आइफा अवार्ड' गराउँदै

काठमाडौं । राष्ट्रपतिले प्रदान गर्ने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको तीन वर्ष भइसकेको छ। राष्ट्रको बेफुर्सदीका कारण भन्दै तीन वर्षदेखिको पुरस्कार र सम्मान चलचित्र विकास बोर्डमा थन्क्याइएको छ।  

यही वेला नेपाल सरकार आफैँ आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने अनौठो देखिएको छ। भारतको निजी क्षेत्रबाट सञ्चालन हुने थुप्रैमध्येको एक कार्यक्रम इन्टरनेसनल इण्डिया फिल्म अवार्ड(आइफा) को २० औँ संस्करण काठमाडौंमा आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्चिन लागेको हो।

सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन्। भने बाँकी अहिले दाबी गरिएअनुसार ५०० भन्दा बढी भारतीय ‘अइकन’ तथा कलाकारको आवतजावत टिकट, होटल बसाइमा समेत सौजन्य सहयोग बटुलिने छ।

‘आइफा अवार्डलाई स्थान र सुरक्षा दिनु उचित हो तर नेपाल सरकार नै आयोजक बन्न एक अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो’, अभिनेता नवल खड्काले भने, ‘५० डिग्रीको तातोमा काम गर्ने युवाको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो।' अभिनेता नवल खड्काले सरकारको निर्णयपछि ट्रोल हुने गरी सामाजिक सञ्जालमा लेखेका छन्।

आइफा अवार्ड

विशेष