लोकसेवा भर्नाप्रति राजपाको आपत्ति

लोकसेवा भर्नाप्रति राजपाको आपत्ति

राष्ट्रिय जनता पार्टीले स्थानीय तहमा हालै लोक सेवा आयोगले गरेको पदपूर्ति आह्वानप्रति आपत्ति जनाएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राजपाका सांसद् लक्ष्मणलाल कर्णले यो कदम संविधानले परिकल्पना गरेको समावेशी मान्यता विपरीत रहेको बताउनुभयो । कर्णले पदपूर्तिको विज्ञापन सच्याउन माग गर्दे संवैधानिक निकायका हरेक पदपूर्तिमा समेत समावेशी सिद्धान्तको पालना नभएको जिकिर गर्नुभयो । 

 संघीय लोक सेवा आयोगले संविधान र संघीयताको मर्म विपरीत विज्ञापन आह्वान गरेको कर्णको भनाई छ । उहाँले संविधानमा प्रदेश लोकसेवाले आफ्नो र स्थानीय तहको पदपूर्तिको अधिकार केन्द्रले हनन् गरेको बताउनुभयो । 

उहाँले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 

राष्ट्रिय जनता पार्टी गिरिशचन्द्र लाल

संम्बधित खबर

विशेष