मापासे गरेर कार चलाउँदा जमलमा बिहानबिहानै यसरी भयो दुर्घटना

मापासे गरेर कार चलाउँदा जमलमा बिहानबिहानै यसरी भयो दुर्घटना

काठमाडौं : काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार दुर्घटनामा परेको छ । बिहान करिब सवा ७ बजे बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको हो ।

केशरमलबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटनामा परेको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ।

दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो ।

कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए । मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको उनले बताए  ।

उनका अनुसार चालकसहित कारमा ३ जना सवार थिए । चालाक श्रेष्ठ गम्भीर घाइते भए पनि अन्य २ जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना

संम्बधित खबर

विशेष