देशभर वृक्षारोपण अभियान सुरु, प्रधानमन्त्रीले गरे थालनी

देशभर वृक्षारोपण अभियान सुरु, प्रधानमन्त्रीले गरे थालनी

काठमाडौं । सरकारले शनिबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वरमा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका हुन् ।

हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी तीन वर्षभित्र ३ करोड विरुवा रोप्ने योजना अघि सारेको हो।

सरकारको एक नेपाली एक फलफूलको वृक्षारोपण अभियानलाई मूर्तरूप दिन वृक्षारोपण दिवसमार्फत फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यलयले जनाएको छ।

सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ।

यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ।

सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य  बिरुवा रोप्ने निर्णयसमेत गरेको छ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सबै विद्यालयहरुलाई वृक्षारोपण सहभागी हुन निर्देशन दिएको छ। केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालय हाता भित्र र बाहिर फलफूलका बिरुवा रोपेर शनिबारदेखि वृक्षारोपण अभियान शुभारम्भ गर्न गराउन सबै विद्यालय र शिक्षा विकास समन्वय इकाईहरुलाई निर्देशन दिइएको बताएका छन्।

प्रधानमन्त्री ओलीले गत वर्ष जुन ५ तारिखदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थालेका थिए।

केपी शर्मा ओली वृक्षारोपण अभियान

संम्बधित खबर

विशेष