६० अंक थपेर त्रिविबाट ‘गोल्ड मेडल’ लिने सुरेन्द्र कोइराला यिनै हुन्
काठमाडौं । परीक्षा दिँदा नौ नम्बरमात्रै पाएपछि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रभावमा पारेर ६९ नम्बर ल्याएको बनाउन लगाउने सुरेन्द्र कोइराला को होलान् भन्ने जिज्ञासा हुन सक्छ । यस्तो छट्टु काममा निपूर्ण सुरेन्द्र कोइराला फोटोमा भएका व्यक्ति नै हुन् ।
त्रिभुवन विश्वविद्यालयको परीषा नियन्त्रण कार्यालयले स्नातकोत्तर तहको एक विषयमा कोइरालालाई ९ मा ६० अंक थपिदिएको थियो । जसबाट उनी सर्वोत्कृष्ट विद्यार्थी हुन सके ।
चारवटा विषयमा स्नाकोत्तर गरेको दावी गर्थे कोइराला । उनलाई धेरैले अधिवक्ता भनेर पनि चिन्छन् ।
पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरिएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कर्मचारीले कोइरालाको ट्रान्सक्रिप्टमा अंक थपिदिएका थिए । उनलाई ७२/७३ सालको परीक्षामा अंक थपेर सर्वोत्कृष्ट बनाइएको थियो ।
कोइरालाबाट रकम लिएर पनिकाका कर्मचारीले अंक थपेको अख्तियारले शंका गरेको छ ।
आफूलाई ‘ज्योतिषी, धाँमीसमेत हुँ’ भन्ने कोइराला न्यायाधीश हुनका लागि २ करोड भए पुग्छ भन्दै हिँड्ने गर्थे । उनी सर्वोच्चकै न्यायाधीश हुने योजनामा पनि थिए ।
जानकारहरुका अनुसार यिनी पञ्चायतकालमा मण्डले विद्यार्थीका रुपमा सक्रिए थिए । जस्तो सुकै छट्टु काम पनि यिनले फत्ते गराएरै छाड्थे ।