पर्खाल भत्किँदा ४ बालबालिकासहित १५को मृत्यु
महाराष्ट्रको पुणेमा शनिबार परेको भारी वर्षाका कारण पर्खाल भत्किँदा चार बालबालिकासहित १५ जनाको ज्यान गएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
भग्नावशेषमा अरू केही मानिस पुरिएको आशंका व्यक्त गरिएको छ। सुरक्षाकर्मीले उद्दार कार्य सुरु गरेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ।
समाचारमा जनाइएअनुसार कोन्धवा क्षेत्रका झुपडीमा पर्खाल पल्टिएको हो। भारी वर्षाका क्रममा उक्त घटना घटेको हो। ६० फिट लामो कम्पाउन्डको पर्खाल झुपडीमा तर्फ पल्टिँदा त्यहाँ सुतिरहेका मानिसहरू दबिएका हुन्।
भारतीय अग्नि नियन्त्रण विभागका अनुसार मृत्यु हुनेमा चार बालबालिका छन्। दुई गम्भीर घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
'भारी वर्षाका कारणले पर्खाल पल्टिएको छ। प्रारम्भिक परीक्षणमा कन्ट्रक्सन कम्पनीको कमजोरी देखिन्छ। १५ जनाको मृत्यु हुनु सामान्य घटना होइन। मृतक धेरै बिहार र बंगालका रहेका छन्। पीडितलाई हरसम्भव सहायता गरिने छ' पुणेका जिल्ला अधिकारी नभल किशोरे रामले भने।
वर्षा