संसदमा बजेट र कुर्सीको चासो

संसदमा बजेट र कुर्सीको चासो

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसका सांसदहरुले अनुसूचीमा त्रुटि देखिएको भन्दै ध्यानाकर्षण गराएपछि अर्थमन्त्री खतिवडाले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क मात्र प्राविधिक कारण त्रुटि देखिएको र त्यसलाई सच्चाइएको बताउनुभयो । 

अर्थमन्त्री खतिवडाले सङ्घीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण रु १७२ अर्बभन्दा माथि नजाने स्पष्ट पार्नुभयो ।  

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा मीनेन्द्र रिजालले अर्थमन्त्रीले आर्थिक वर्ष २०७६÷७६ को राजश्व र व्ययको वार्षिक अङ्कको अनुसूचीमा त्रुटि देखिएको भन्दै अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताउनुभएको थियो ।

बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिकारीले सङ्घीय ससंद्को बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदले दुःख पाएको बताउनुभयो । सांसद अधिकारीले बिग्रिएको कुर्सीको भाग उठाएर सभामुखलाई देखाउँदै कुर्सी मर्मत गर्न ध्यानाकर्षण गराउनुभयो ।

यसपछि सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बतउनुभयो । बैठकको शून्य समयमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 
 

सभामुख कृष्णबहादुर महरा अर्थमन्त्री डा युवराज खतिवडा

संम्बधित खबर

विशेष