News

सरकारले यस्तो नियमावली लागू गर्‍यो कि कामचोर ठेकेदारहरु उठ्नै नसक्ने गरी थला पर्ने भए 

सरकारले यस्तो नियमावली लागू गर्‍यो कि कामचोर ठेकेदारहरु उठ्नै नसक्ने गरी थला पर्ने भए 

काठमाडौं । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएको छ ।

 

छैटौं पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप थर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । संशोधित नियमावली वैशाख ३० गतेदेखि लागू भइसकेको छ । 

 

अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा आयातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । 

कान्तिपुर दैनिकबाट 
 

विशेष