सार्क युवा सम्मेलन हुने
काठमाडौँ । तीन नम्वर प्रदेश अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सार्क युवा सम्मेलनको आयोजना हुने भएको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे जेठ २२ र २३ गते काठमाडौंमा हुने सार्क युवा सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।
सिर्जनशील तथा प्रतिभाशाली युवा वैज्ञानिकहरुलाई थप प्रोत्साहनको वातावरण सिर्जना गर्न वैज्ञानिकहरुले गरेको खोज, अध्ययन र अनुसन्धानलाई अन्तराष्ट्रिय स्तरमा समेत पहिचान हुने अवसर दिलाउन युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभयो ।
सम्मेलनमा बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, बेलायत, चीन, फिनल्याण्ड र नेपाल सहित १० देशको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । मन्त्री नेपालले युवा सम्मेलन नेपालको बिकासमा कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ३ को आयोजना र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रिय विभागको सम्वन्यमा उक्त सम्म्मेलन हुन लागेको सम्मेलनमा १६ जना अन्तराष्ट्रिय युवा वैज्ञानिकहरु र नेपालबाट ३५ जना युवा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजबले बताएको छ ।