प्रेमिकाको घाँटी रेटी विभत्स हत्या गर्ने पक्राउ
पाँचथर । कञ्चनपुरकी किशोरी निर्मला पञ्तको हत्या प्रकरण संग तुलना गरिएको शितल योङहाङ हत्याकाण्डका मुख्य योजनाकार पक्राउ परेका छन । गत वैशाख २९ गते पाँचथरमा किशोरी प्रेमिकाको घाँटी रेटेर विभत्स हत्या गर्ने पक्राउ परेका छन् । घटनाको मुख्य पात्र किशोर तामाङ झापामा एक होटेलमा काम गर्दागर्दै पक्राउ परेका हुन् । झापाको दमक स्थित एक होटलामा काम गर्दै गरेको उनलाई प्रहरीले पक्राउ गरेको हो ।
फाल्गुनन्द गाउँपालिका वडा नं. २ निवासी पदम तामाङ र हिलिहाङ गाउँपालिका वडा नं. ४ निवासी शितल योङहाङ विचमा प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा खटपट भएकै कारण किशोरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रेममा खटपट भएपछि पदमले १५ बर्षिया किशोरी शितलको उनी पढ्ने विद्यालय नजिकै घाँटी रेटेर हत्या गरेका थिए । शितलको शव घाँटी रेटिएको अवस्थामा भेटिएको थियो ।
घटनामा दुई जना संलग्न थिए । घटनामा संलग्न मध्येका भगिरथ बाँस्तोलालार्इ प्रहरीले घटनाको भोलिपल्टै पक्राउ गरेको थियो । किशोरीलाई आफूले समातेको र पदमले घाँटी रेटेको भगिरथले बयान प्रहरीलाई दिएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए । शितलका हत्याको मुख्य योजनाकार मानिएका तामाङलाई पक्राउ गर्न पाँचथर प्रहरीका अतिरिक्त १ नं. प्रदेश प्रहरी तथा छिमेकी जिल्लाका प्रहरी युनिटहरुको समेत परिचालन गरिएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरको भनाइ रहेको छ ।