News

बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१, उदिपुर नजिकै देउरालीमा यात्रुवहाक बस र जीप ठोक्किँदा घाइतेमध्ये एक महिलाको मृत्यु भएको छ । लमजुङमा उपचार हुन नसकी पुरानो चितवन मेडिकल कलेज भरतपुर लगिएका दोर्दी गाउँपालिका–७ फलेनीका ५० वर्षीया डोल्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुरबाट रिफर गरिएकी उनको काठमाडौं लाने क्रममा आइतबार राति बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । पोष्टमार्टमका लागि डोल्माको शवलाई लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहर ल्याइएको उनले जानकारी दिए । 

 

गम्भीर घाइते फलेनीकै ६० वर्षीय फान्तबहादुर तामाङ, २५ बर्वाीया सुकमाला तामाङ र जिप चालक मध्यनेपाल नगरपालिका १० थानसिङ नेटाका वर्ष २९ का विकास मजाकोटीको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । बसमा सवार बेंसीसहर नगरपालिका ३ की ४५ वर्षीया सन्तुमाया विकको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार भोटेओडारबाट बेंसीसहरतर्फ आउँदै गरेको ना. ४ ख. २२८० नं. को बस र बेंसीसहरबाट भोटेओडारतर्फ जाँदै गरेको ग। १ ज. ६५१९ नं. को जिप आइतबार दिउँसो एक आपसमा ठोकिएपछि दुर्घटना भएको थियो । बसका चालक बेंसीसहर नगरपालिका ३ का ३५ वर्षीय सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको प्रनाउ ढकालले बताए । दुर्घटनामा परेर दुवै सवारी साधनको अघिल्लो भाग क्षति पुगेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना लमजुङ

विशेष