भूकम्पको त्रास देखाउने ज्योतिषी प्रहरी खोरमा
काठमाडौँ । जेठ महिनामा देशमा महाभूकम्प आउँछ भन्दै आमसर्वसाधारणमा अफवाह फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्रेको छ । भूकम्प आउने भन्दै सर्वसाधरणमा भ्रम सिर्जना गरी अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
क्षेत्रीले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै अफवाह फैलाएका थिए ।
प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।