साढे ४ करोडको झोलुंगेपुल हुरीले बंग्यायो !

बर्दिया । आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ। पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन्।
पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए। थानी निर्माण सेवा काठमाडौंले पुल निर्माणको काम गरिरहेको छ। निमार्णाधीन झोलुंगेपुल ४ करोड ४१ लख लागतमा बन्दै छ। सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
बर्दिया झोलुंगेपुल