किशोरी मार्ने किशोर पक्राउ 

किशोरी मार्ने किशोर पक्राउ 

गएको बैसाख २९ गते पाँचथरमा भएको किशोरी हत्या प्रकरणका मुख्य योजनाकार मानिएका पदम तामाङ पक्राउ परेका छन् । घटना भएको २१ दिनपछि प्रहरीले उनलाई झापाको दमकस्थित एक होटलमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । १५ बर्षीया किशोरी शितल योङहाङको उनी पढ्ने विद्यालय नजिकै घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो ।

घट्ना भएको २४ घण्टा नवित्दै घटनामा संलग्न भगिरथ बाँस्तोलालाई भने प्रहरीले पक्राउ गरेको थियो । भगिरथले आफूले समाएको र पदमले घाँटी रेटेको बयान दिएका थिए । थुप्रैले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणसंग तुलना गरेको शितल  हत्या प्रकरणमा नेपाल प्रहरी २१ दिनमै हत्याका मुख्य ओरोपीलाई समात्न सफल भएको छ । 


आफूहरुले जिम्मेवारीपूर्वक काम गरेकोले यो सफलता हात लागेको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए । शितलका हत्याको मुख्य योजनाकार मानिएका तामाङलाई पक्राउ गर्न पाँचथर प्रहरीका अतिरिक्त १ नं. प्रदेश प्रहरी तथा छिमेकी जिल्लाका प्रहरी युनिट समेत परिचालन गरिएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरको भनाइ  छ । 


किशोरी शितलका हत्यारा भनिएका पदम तामाङलाई पक्राउ गर्न विद्यार्थी, मानवअधिकार तथा सञ्चारकर्मीहरुले दबाब  दिँदै आएका थिए । यो हत्यालगत्तै पाँचथरकै मिक्लाजुङमा ९ जनाको सामूहिक हत्याको  कहालीलाग्दो प्रकरण भएपश्चात यो घटना केही ओझेलमा परेको थियो । 
फाल्गुनन्द गाउँपालिका वडा नं. २ निवासी पदम तामाङ र हिलिहाङ गाउँपालिका वडा नं. ४ निवासी शितल योङहाङ विचमा प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा खटपट भएकै काँरण किशोरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  
 

शव हत्या

संम्बधित खबर

विशेष