भीरबाट लडेर महिलाको मृत्यु

जाजरकोटको बारेकोट गाउँपालिका ८, लैखमकी ३८ बर्षीया गीताकुमारी खत्रीको भीरबाट लडेर मृत्यु भएको छ । उपचारक्रममा जाजरकोट अस्पतालमा उनको मृत्यु भएको हो । भैंसीलाई खुवाउने घाँस काट्न गएको बेला उनी रापानीको भीरबाट दुई सय मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन् ।
टाउको तथा अन्य भागमा चोट लागेको थियो । बर्षेनी रापानीको भीरबाट लडेर लैखमबासीले अकालमा ज्यान गुुमाउने गरेका छन् । विगत दश बर्षयता रापानीको भीरबाट लडेर २० जना बढी स्थानीयको ज्यान गइ सकेको वडा सदस्य मानबहादुर सिंहले बताए । रापानीको भीरमा लैखमबासी घाँस दाउरा लिन जाने गरेका छन् ।
भीर दुई सय मिटर