६ घण्टा १ मिनेटमा मिङ्माको नयाँ कीर्तिमान

६ घण्टा १ मिनेटमा मिङ्माको नयाँ कीर्तिमान

हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । 


संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका हुन । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेर्पाले सगरमाथा र चांैथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको  जानकारी गराइएको हो ।

 
यसअघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिए । 


शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान राखेको जिपीएस ट्रेकिङले पुष्टि गरेको छ । सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमानधारी शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढन सरकारलाई  सुझाव दिए । 


संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन् । यसैगरी उनले ल्होत्से हिमाल ३, मकालु ३, मनास्लु ३, केटु २, धवलागिरी २ र आमादब्लाम २ पटक गरी २० पटक सफल आरोहण गरिसकेका छन । मकालु हिमालबाट ट्रेकिङ  गाईडको रुपमा हिमाल आरोहणको क्षेत्रमा प्रवेश गरेका ३२ वर्षीय शेर्पा ६ वर्षकै उमेर आमा र १४ वर्षको उमेरमा बुबा गुमाएपछि पढाई बीचैमा छोडेर जीवन निर्वाहका लागि यस क्षेत्रमा प्रवेश गरेका हुन् ।  

    
        

 

६ घण्टा १ मिनेट सर्वोच्च शिखर

संम्बधित खबर

विशेष