सिंहदरबारमा हरियाली अभियान (फोटोफिचर)

आफू सरकारमा आएसंगै सिंहदरबार हराभरा बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ ।
विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री, मन्त्री र सरकारी उच्च अधिकारीले फलफूलको विरुवा रोपेर यस वर्ष यो अभियान आरम्भ गरेका हुन् ।
‘एक नेपाली, एक फलफूल’ रोपन नारालाई सरकारले देशव्यापी बनाउने लक्ष्य लिएको छ ।