News ताजा खबर

१० लाख घुसमा इन्स्पेक्टर बिकेपछि....

१० लाख घुसमा इन्स्पेक्टर बिकेपछि....


काठमाडौँ । जीपले महिलालाई ठक्कर दिएर मृत्यु भएपछि १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी सक्कली उम्काउन खोज्ने एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) लोकबहादुर जिसी पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्सपेक्टर जिसीलाई दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
बयानका लागि पुगेका जिसीमाथि थप छानबिन आवश्यक भन्दै अख्तियारले थुनामा राखेको छ ।

गत बैशाख ११ गते बोधराज पाण्डेल चलाएको जीपले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको थियो । तर इन्स्पेक्टर जिसीले चालक पाण्डेको स्थानमा चालक किसुन महतो नामका नक्कली चालक खडा गरी  वास्तविक चालकलाई जोगाउन घुस लिएका थिए ।

जिसीले नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

विशेष