दुई अध्यक्षबीच फाटोको कारण रहेछ– ६४ अर्बका दुई आयोजना कसलाई दिने भन्ने विषय
काठमाडौं । समकक्षी नरेन्द्र मोदीलाई बधाइ ज्ञापन गर्ने सिलसिलामा भएको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण आसपास पारेर नेकपाका अर्का अध्यक्ष प्रचण्डले पोख्नुभएको असन्तुष्टि वा सत्तासाझेदारीसम्बन्धी धारणा नियमित आकस्मिकता हो वा यसलाई केही अन्यखालका सहमति उल्लंघन तोडिएको कुराले पनि मलजल गरेको छ ।
स्वीट्जरल्याण्डको ठूलो सहर जेनेभा, जहाँ प्रधानमन्त्री केपी ओली अर्को हप्ता जादैहुनुहुन्छ । त्यहाँबाट २४ मे अर्थात जेठ १० गते शुक्रबारको दिन आएको एउटा पत्रभित्र को पाटो केलाउँदै जाने हो भने केही कुरा भ्रुणबाट बाहिर निस्कन निस्कन खाजेको आभाष मिल्छ । र, त्यही पत्रको निरन्तरतास्वरुप अहिलेसम्म बाहिर नआएको एजेण्डा हो, प्रधानमन्त्री फ्रान्सपुग्दा एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिने योजना ।
नेकपाका दुई अध्यक्षबीच व्यंग्य र कटाक्षको सिललिलामा त्यसैसँग पनि जोडिएको हुनुपर्छ किनभने नेपालको वर्षौको प्रयत्नवपछि आफ्नो आकाशमा ३२ अर्ब लागतको भूउपग्रह प्रक्षेपणको सम्झौता यसचोटि गर्दैछ । त्यसको ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । त्यसैलाई पुष्ट्याईं गर्दै जेनेभाबाट चिनियाँमूलका एकजना अफिसर, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनका अन्तरिक्षसम्बन्धी सूचनामा पहुँच राख्ने र योजना बनाउने डिभिजनका प्रमुख जियान वाङले १९ मेको दिन नेपालबाट सगरमाथा स्याट वन नामक नेटवर्क दर्ता हुने आएको र त्यससम्बन्धी मन्त्रालयलाई के जानकारी छ भनी घुमाउरो पाराले सोधेको पत्रले धेरै कुरा छर्लंग पार्छ ।
सगरमाथा स्याट नियामक निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट बन्यो या निजी क्षेत्रबाट दर्ता गरियो भन्ने कुराको जानकारी छैन । तर, त्यो प्रस्ताव अघि बढेको मन्त्रालयबाट नभई नेपाल दूरसञ्चार प्राधिकरणबाट हो । उक्त प्राधिकरण भनेको नेपालका दूरसञ्चार कम्पनीहरुलाई अनुगमन गर्ने बार, मेटिकल काउन्सिल र प्रेस काउन्सिलजस्तै नियमाक निकाय हो । त्यसले खासमा स्याटेलाइट हेर्ने होइन । स्याटेलाईटले डाटा ट्रान्सफरलगातयका काम गर्ने हो । जुन अति संवेदनशीलताको कारण मन्त्रालयसँग सोझै जोडिन्छ । अहिले त्यही संस्था दर्ताका लागि आएको जानकारी गराउँदै भनेर नेपालमा पत्र आइपुगेको हो ।
अब यसको पृष्ठभूमिमा जानु पर्ने हुन्छ । गत फागुनमा सञ्चारमन्त्री गोकुल बास्कोटा स्पृेन हुँदै फ्रान्स जाने क्रममा त्यहाँका विदेश राज्यमन्त्री जिन वेपलिस्टी लेमोनिईसँग भएको समझदारीपत्रमा हस्ताक्षरलाई कार्यरुप दिन प्रधानमन्त्रीले जेनेभा र लण्डन हुँदै पेरिससमेत भ्रमण गर्न लाग्नु भएको हो । उहाँ त्यहाँ पुगेको बेला जिटुजी प्रणालीबाट सम्झौता हुन लाग्दैछ । मन्त्री गएइको बेला नेपालमा सुरक्षण मुद्रण स्थापना गर्दा प्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोगसहित प्राविधिक सहयोग गर्ने विषयक आशयपत्रमा हस्ताक्षर भएको थियो ।
यहँ हो, नेकपाका दुई अध्यक्षबीच कुरा बाझिएको । यो स्याटेलाइट जडान गर्नेै क्रममा भारतीय र चिनियाँहरुलो पनि चाहना देखाएका । कोसिस गरे, सकेनन् । त्यसपछि जापानसँग नेपालले अप्रोच गर्यो तर कामलाग्दो भएन । यसमा दुई महत्वपूर्ण प्याकजेट छन्, एउटा सुरक्षण प्रेस र अर्को रेडियो नेपालको भैसेपाटी, ललितपुरस्थित जमिनमा स्याटेलाइट जडानको । यी दुई परियोजनामा गरी झण्डै ६६ अर्ब खर्च हुन्छ । कोही कोही भन्छन कि डाटा, ट्रान्सफर गर्ने कुरा अप्टिकल फाइबरबाट सजिलो र सस्तो पर्छ, स्याटेलाइटबाट महँगो हुन्छ, तर एउटा सार्वभौम देशका निम्ति राष्ट्रिय झण्डा जत्तिकै शान हो । आफ्नै उपग्रह हुनु । यसनिम्ति रसियाको एक कम्पनीले रुची देखाएको थियो ।
पहिला अन्तरिक्षमा पठाइएको स्पुत्निक यानकै नाममा बनेको कम्पनी स्पुत्निक इन्टरनेसनलले लबिंग गर्यो । यसका लागि तीन महलिासहित १२ रसियन काठमाडौं आए । उनीहरुले दुई चोटि पावर प्वाइन्टबाट प्रेजेन्टेसन गरे । र। दुइ महिनाअघि दुई अध्यक्षलाई बालुवाटारमा राखेर ब्रिफिंग गरे । उनीहरुको प्रस्तुतिबाट प्रभावित भएर प्रचण्डले बाहिर बिदाईको क्रममा कामका लागि आश्वासन गराउँदै अघि बढ्न आश्वासन दिनुभयो । प्रधानमन्त्री केपी ओलीले चाहिँ ‘रसियामा यस्तो रहेछै है’ भन्दै संक्षिप्तमा आश्चर्य प्रकट गर्नुभयो । –जनआस्था साप्ताहिकबाट