News

प्रदेश प्रमुख पत्नीकै संरक्षणमा ढुकुटी धन्दा

प्रदेश प्रमुख पत्नीकै संरक्षणमा ढुकुटी धन्दा

काठमाडौं । राज्यको जिम्मेवार निकायमा आवद्ध व्यक्तिको आडमा गलत धन्दा भने त्यो सबैभन्दा ठूलो अपराध हो । यस्तो अपराधलाई नियन्त्रण गर्नु राज्यको दायित्व पनि हो । तर पनि यस्तो धन्दा घट्नुको सट्टा बढ्दै गएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला कांग्रेसको कोटामा नियुक्त भएका गण्डकी प्रदेशको प्रदेश प्रमुख बाबुराम कुँवरकी श्रीमती सिता प्रसाइँले लामो समयदेदि अवैध रुपमा ढुकुटी खेलाएर थुप्रैलाई पीडित बनाएको गुनासो आएको छ ।

 

कुनै व्यक्तिले गरेको गल्तीका कारण परिवारका अन्यलाई भागीदार बनाउनु न्यायोचित नभए पनि ‘पावरफुल’ पति जो राज्यको महत्वपूर्ण निकायमा छन्, तिनको नाम लिएर गलत धन्दा हुन थालेपछि भने समस्या खडा भएको छ । पीडित थुप्रै महिलाले आफूहरुलाई पति कुँवर र विभिन्न प्रहरीको उच्च पदस्थ व्यक्तिको नाम लिँदै प्रसाईँले धम्काउने र विभिन्न कागजमा सही गर्न लगाउने गरेको आरोप लगाएका छन् ।

 

पछिल्लो समय कुँवर पत्नी प्रसाईँको ढुकुटी खेलबाट मैयाँ गौतम, साधना कोइराला, सन्जु शर्मा, सुधा प्रसाइँ, नर्वदा उपाध्याय, निशा कोइरालालगायतलाई पीडित बनाएको बताइएको छ । उनको धन्दाका कारण धेरैको घरबाससमेत उडिसकेको भन्दै गुनासो गरेका छन् । यो समाचार आजको बुधबार साप्ताहिकबाट लिइएको हो ।

प्रदेश प्रमुख बाबुराम कुँवर सिता प्रसाइँ ढुकुटी

विशेष