News

अधिराजकुमार निराजनको ज्यान जोगाउन नसकेका एइडिसी प्रधानसेनापतिको लाइनमा 

अधिराजकुमार निराजनको ज्यान जोगाउन नसकेका एइडिसी प्रधानसेनापतिको लाइनमा 

काठमाडौं । जात, भूगोल, नातापाता र सँगै काम गर्दाको हिसाब किताबले कस्ता कस्ताको भाग्य बल्ने र कस्ता कस्ताचाहिँ ओह्रालो लाग्ने अवस्था सिर्जना हुँदोरहेछ । जंगी अड्डाले हालै तयार पारेको बढुवाको सिफारिस हेर्ने हो भने यो कुरा छर्लंग हुन्छ । 

 

प्रसंग फेरि जोडिन आउँँछ, दरबार हत्याकाण्डको । त्यसबेला राजा वीरेन्द्र, युवराज दीपेन्द्रहरुको सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सबै अंगरक्षकहरुलाइ बर्खास्ता गरिएको थियो । तर, त्यही घटनामा परेर पनि एडिसीबाट नतानिएका व्यक्ति यतिबेला पुरस्कृत हुँदैछन् । बिहेको ममिलामा बाबुआमाले भनेको नमानेर दीपेन्द्रले निहूँ खोजेमा अधिराजकुमार धीरेन्द्रको जस्तै पदवी खोसेर भाईलाई राजगद्दीको उत्तराधिकारी बनाउने भनी धम्कीको मोहरा बनाइएका अधिराजकुमार निराजनका तत्कालीन अंगरक्षक मधुकर कार्की अहिले बढुवा सूचीको १ नम्बरमा परेका हुन् ।

 

 हाल अमेरिकाको वासिंग्टन डिसीस्थित नेपाली दूतावासमा सैनिक सहचारीको रुपमा कार्यरत छन् । संयोग कस्तो भने, त्यहीँ कार्यरत राजदूत अर्जुन कार्कीको पूर्वेली नाताभित्रैका पर्छन् । अर्जुनको पनि भर्खरै म्याद थपिएको छ । स्नातक शैक्षिक योग्यता गडबड भए तापनि खरिपाटीको जाँचलाई लट्टिपट्टी पारेर मान्यता दिलाउन सफल मधुकरलाई यस्तै भनसुन र कनेक्सनका कारण अघि बढाइएको हो । 

 

अर्को रोचक संयोग के पनि छ भने विभिन्न देशमा तैनाथ नेपाली सैनिक सहचारी बढीमा एकतारे जर्ने भएर घर जान्छन् । मधुकरमात्रै त्यस्ता भाग्यमानी हुन हुने, जो अबको सात वर्षपछि स्वतः प्रधानसेनतापतिको लाइनमा उक्लिनेछन् । 

जनआस्था साप्ताहिकबाट । 
 

विशेष