कुलमानमाथि प्रश्न तेस्र्याउने अमनलाललाई अर्थमन्त्रीको साथ
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसदको क्यान्टिनमा अस्ति सोमबार दिउँसो १.३० बजे बजेटमाथिको छलफलामा भाग लिन पुगेका सांसदहरु प्रेम आले, अमनलाल मोदी, गणेश पहाडी, नरबहादुर धामीलगायत ५÷७ जना बसेर चियाको चुस्की लिइरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडा पुगेर लेखा समितिका सदस्य अमनलाल मोदीलाई तीन खर्ब रुपैयाँ उठाइदिनु पर्यो भने । उनको आशय महालेखा परीक्षकको प्रतिवेदनले देखाएको बेरुजुमाथि थियो ।
जवाफमा मोदीले भने, मैले नौ अर्ब बक्यौता राज्यले पाउनु पर्छ भन्ने आवाज उठाउँदा कुलमानबाट त्यस्तो लाञ्छाना र आरोप खेप्नु पर्यो । सही थाप्दै खतिवडाले भने , ‘म तपाईंको अस्तिको कुुरामा खुसी छु । ठीक गर्नुभयो । केही व्यक्तिलाई रातारात सेलिब्रेटी बन्ने रहर जागेको हुन्छ । जे कुरामा पनि छूट खोज्ने प्रवृत्ति हावी भएको छ । यो ठीक भएन । म यसको पक्षमा छैन । नौ सय मेगावटा परियोजनाको कन्सेप्ट मैरै पालामा शुरु भएको हो । खै त मैले त्यसको हल्ला पिटाएको ? म राष्ट्र बैंकमा हुँ बैंकिङ सिस्टमलाई च्यानलाइज गरेँ, अहिले कुनै पनि बैंकमा लाइन देख्नुभएको छ ? खै त मैले यी काम बारे हल्ला गर्दै हिँडेको ? यस्ता कामको मूल्याकन त समाजले गर्ने हो नी । क्याविनेटमा पनि कतिपय मन्त्रीले त्यसो भयो भने म त बर्बाद भइहाल्छु भन्नुहुन्छ । तर ममा जनाऔं, हामीमा जाऔं यो व्यक्तिको विषय होइन, जसअपजस सबैले लिनुपर्छ ।’
पूरानो नौ महिने सरकारको प्रशंग कोटयाउँदै खतिवडाले थपे, ‘झापाली कमरेडहरु त्यो अल्पमतको सरकारमा सिपी कमरोड जानु हुँदैनथ्यो । छोटो समयकामा केही गर्न सकिदैन । त्यसले जनतामा नकारात्मक सन्देश जान्छ भन्नुहुन्थ्यो । तर अहिले त बहुमतको सरकार छ । काम गर्ने अवसर पनि छ । अर्थमन्त्रीले सांसदलाई दिएको ६ करोडमाथिको सर्वौच्चमा परेको मुद्दालाई इंगित गर्दै भने, यो ६ करोड नभई पूरै १५ खर्ब ३२ अर्ब बजेटमाथिकै मुद्दा हो । यो मुद्दामा अदालतले दिने आदेशले पूरै बजेट प्रभावित हुन सक्छ ।’
जनआस्था साप्ताहिकबाट