News

नेपाली किशोरीलाई भारतमा बन्धक बनाएर सामूहिक बलात्कार

नेपाली किशोरीलाई भारतमा बन्धक बनाएर सामूहिक बलात्कार

जनकपुर । धनुषाको बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्किंदै दिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात उनीहरुको अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन्।

 

‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।’ अनि त्यो समूहले उनलाई रातारात भारतको मुजफ्फपुर पुर्यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभर पोलेका फोका छन् । कुटपिटको निलडाम छ।

 

‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’ जेठ ५ गते उनी पापीहरुको चंगुलबाट भागेर जनकपुर आउन सफल भइन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराईरहेकी छन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो । 

सामूहिक बलात्कार

विशेष