मुख्यसचिवमा राई, अष्ट्रेलिया राजदूतमा रेग्मी ?

मुख्यसचिवमा राई, अष्ट्रेलिया राजदूतमा रेग्मी ?

निकट भविष्यमै नेपालको नोकरशाही संयन्त्रमा ठूलो परिवर्तनको सम्भावना, चर्चा र तयारी शुरु भएको छ । ‘आगो नबली धुँवा आउँदैन’ भनेजस्तो अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई लक्की शेर्पा फर्काएदेखि रिक्त रहँदै आएको अष्ट्रेलियास्थित दूतावासमा पठाउने तयारी भइरहेको बताइन्छ ।

त्यसो भएमा निजामती तर्फको सर्वोच्च पद केदार अधिकारी, अर्जुन कार्की, दीपेन्द्र शर्मा र प्रेम राई मध्ये एकले सम्हाल्न पाउने छन् । यी मध्ये सबभन्दा ठूलो सम्भावना प्रेम राईको देखिन्छ । त्यतिञ्जेलसम्म अख्तियारकोमा खालि रहेको एक आयुक्त पदपूर्ति नगर्ने सल्लाह भएको बुझिन्छ । 

प्रधानमन्त्री कार्यालयका सचिव विष्णु लम्साल साउन दोस्रो सातादेखि स्टाफ कलेजको निर्देशकमा जाँदैछन् । माघमा कार्यकाल सकिन लागेका अर्थसचिव राजन खनाललाई वित्त आयोगको सदस्य, अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह, सञ्चार सचिव महेन्द्र गुरुङलाई अख्तियार लैजाने सम्भावना छ । 

अर्थसचिवमा शिशिरकुमार ढुंगाना या लक्ष्मण अर्यालमध्ये एक, दिल्ली दूताबासबाट हालै फिर्ता बोलाइएका कृष्णहरि कर्ण पुष्करको ठाउँमा अर्थमन्त्रालको बजेट महाशाखा  प्रमुख हहिरिशरण पुडासैनीलाई इकोनमिक काउन्सलर बनाएर पठाइने चर्चा छ । 
साभार : जनआस्था साप्ताहिक


 

लोकदर्शन रेग्मी प्रेम राई

संम्बधित खबर

विशेष