News

मेयर–पत्रकार प्रकरण सामाजिक सञ्जाल पक्ष प्रतिपक्षमा

मेयर–पत्रकार प्रकरण सामाजिक सञ्जाल पक्ष प्रतिपक्षमा


काठमाडाैँ। सिधा कुरा जनता सँग कार्यक्रममा पत्रकार रवि लामिछाने सँगको अन्तर्वार्ता पछि मेयर–पत्रकार काण्ड थप पेचिलो बन्दै गएको छ । पत्रकारको नाँकको डाँडी भाच्न एक करोड छुट्याएको भन्ने मेयरको अभिव्यक्तिप्रति सामाजिक सञ्जालभरि पक्ष प्रतिपक्षमा बहसहरु चलिरहेका छन् ।

 

प्रश्नकर्ता रविले पनि मेयर द्धारिकालाल चौधरीकै पक्षमा आफूलाई उभ्याएका छन् । फेसबुकमा स्टाटस लेख्दै रविले आफुले मेयर चौधरीको इमान्दारीताको विषयमा कुनै प्रश्न नगरेको बरु यसलाई अर्को तरिकाबाट पनि गर्न सकिन्थ्यो भन्ने मात्रै आफ्नो आशय रहेको स्पष्ट पार्दै यो देशमा द्धारिकालाल चौधरीहरु अरु पनि चाहिने बताएका छन् । नाँकको डाँडि भाँच्छु भन्ने शब्द कुन प्रसंगमा भनेको भन्ने समेत स्मरण गराउँदै भ्रष्ट फटाहाहरुको नाँकको डाँडि भाँच्न अझै पनि मन भएको स्पष्ट पारेका छन् । 

 


रवि लामिछानेको भनाइप्रति टिप्पणी गर्दै पत्रकार सहदेव चौधरीले मेयरको पक्षमा धारणा राखेका छन् । अध्ययन गर्नुस् गफ दिएर भएन नि रवि जी भन्दै उनले लेखेको फेसबुक स्ट्याटस यस्तो छ । 
यता नेकपा नेता योगेश भट्टराईले मेयर चौधरीलाई आत्मालोचना गर्न सुझाव दिएका छन् । मेयर चौधरीको हक्की स्वभावको प्रशंसक भएको बताउँदै उनले उहाँका सार्वजनिक अभिव्यक्ति उहाँजत्तिको व्यक्तिका लागि नसुहाउने बताएका छन् । 
यता प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले उपमहानगरपालिका प्रमुख चौधरीको आक्रोश पीत पत्रकारिता र भ्रष्टाचारविरुद्ध भएको बताएका छन् । मुख्यमन्त्रीले पीत पत्रकारिताविरुद्धको आक्रोश भए पनि अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न मेयरलाई सुझाएका छन् ।
त्यस्तै श्याम दाहालले फेसबुक स्ट्याट लेख्दै समृद्ध मुलुक बनाउन चौधरी जस्ता मेयर चाहिने बताएका छन् । 
त्यस्तै भूपेन कट्टेलले मेयरको भ्रष्टाचार विरुद्धको साहसको राम्रो भएपनि शब्द चयनमा त्रुटि भएको बताएका छन् । 
यी सबैबीच अन्त्यमा मेयरले नाकको डाँडी भाँच्ने भनेका पत्रकार विराट अनुपमले आफ्नो स्ट्याटस लेख्दै पछिल्ला डेढ वर्षमा मेयरको खेदो मात्रै नखनेको बताएका छन् । 

विशेष